Logo

समाचार

लोडसेडिङ अन्त्य भएको ऊर्जा मन्त्रीको दाबी, प्राधिकरणको यथार्थ श्वेतपत्रमार्फत सार्वजनिक


२६ बैशाख २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको वास्तविक अवस्था श्वेतपत्रमार्फत सार्वजनिक गरिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले प्राधिकरण घाटामा गएको भन्ने आशंका असत्य भएको दाबी गरे।

उनले प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति–दायित्व मूल्यांकन (ड्यू डिलिजेन्स अडिट – डीडीए) छिट्टै गरिने जानकारी दिए। मन्त्री खड्काका अनुसार श्वेतपत्रले संस्थाको वर्तमान आर्थिक अवस्था स्पष्ट रुपमा देखाएको छ।

श्वेतपत्रप्रति सांसदहरूले उठाएका प्रश्नबारे टिप्पणी गर्दै उनले सांसदहरूलाई आफ्ना धारणा राख्न स्वतन्त्र रहेको बताए। “संसद् अधिकारसम्पन्न संस्था हो, आवश्यक परे संसदीय समिति बनाएर छानबिन गर्न सकिन्छ,” मन्त्री खड्काले भने।

यस्तै, उनले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पार्दै आगामी दिनमा विद्युत् आपूर्तिमा स्थायित्व आउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ०९ बजे