Logo

अर्थ

‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’ को केन्द्रिय कार्यालय उद्घाटन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना गरिएको ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ केन्द्रिय कार्यालयको उद्घाटन गरिएको छ । बिहीबार एक विशेष समारोहकाबीच ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’को कार्यालय उद्घाटन गरिएको हो ।

उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत बताए ।

उनले भने, ‘अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर छन् भने १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको छ । लगानीकर्तालाई पनि उचित प्रतिफल दिन सकेको छ । कर्मचारीहरुलाई पनि उचित वातावरण निर्माण गरेको छ  र विमकहरुलाई पनि सन्तोषजनक नै सेवा प्रदान गरिरहेको छ ।’

साथै, उनले नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनी हुनुमा विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेको बताए ।

उनले भने, ‘नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनीको रुपमा यो स्थापित भैइसकेको छ । यसमा सबैभन्दा ठूलो योगदान, विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेकोले यो आज उत्कृष्ट विमितहरुलाई पनि उचित प्रतिफल दिन सकेको छ ।’

नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड नेपालको बीमा तथा वित्तीय क्षेत्रमा थप योगदान दिने उद्देश्यले स्थापना गरिएको हो।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : २२ बजे