Logo

खेलकुद

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने



काठमाडौं । एशियन अन्डर–२२  तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल ७ जना खेलाडीले श्रीलंकाको राजधानी कोलम्वोमा यही बैशाख २९ देखि जेष्ठ जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुने भएका हुन ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित विदाई गरेका छन् ।

२८ देशका २७० जना खेलाडी सहभागी हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफीसियलहरु बैशाख २७ गते कोलम्वो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले बताए ।

सहभागी खेलाडीहरुमा ५२ केजी तौल समुहमा रोशनी घलान, ६० केजीमा नारिका राई ८१ केजी माथि त्रिशा जबेगु छन् ।

यस्तै ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंह वीर लिम्बु, र ६० केजीमा छिरिङ वांदी शेर्पा छन् ।

यस्तै प्रशिक्षकमा सुजितकुमार  पुनमगर, रेफ्रीजजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ३५ बजे