काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमति स्वीकृत गरेपछि शिक्षामन्त्री रघुजी पन्तले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन्।
सहमति कार्यान्वयनका लागि सरकारले ८ अर्ब रुपैयाँ थप आर्थिक दायित्व वहन गर्नुपर्ने भएको छ। सहमतिको मुख्य बुँदामा विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने उल्लेख छ।
शिक्षकमाथिको दवाव, संगठनविरुद्धका कारबाही खारेजी, समायोजन र बढुवासम्बन्धी व्यवस्थालाई समेत सहमितिमा समेटिएको जनाइएको छ। आन्दोलनका क्रममा उठाइएका मागहरूमध्ये प्राथमिकताका आधारमा समाधान गर्ने सहमति भएको हो।
शिक्षक आन्दोलन अन्त्य भएको घोषणा औपचारिक रूपमा गरिएको छैन, तर सहमति कार्यान्वयन प्रक्रियामा प्रवेश गरिसकेको सरकारको भनाइ छ।
प्रतिक्रिया