काठमाडौं । लामो समयदेखि जारी शिक्षक आन्दोलन अन्त्य हुने सम्भावना देखिएको छ। बुधबार सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीच सम्पन्न वार्ता सकारात्मक बनेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, दुबै पक्ष नौबुँदे सहमतिमा पुगेका छन्। उक्त सहमति मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन औपचारिक रूपमा स्थगित गरिनेछ।
सभापति थापाले जानकारी दिएअनुसार, सरकारले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने र यही अधिवेशनमा सम्बन्धित ऐन पारित गरिने प्रतिबद्धता जनाएको छ। अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी हुन गएको र शिक्षक प्रतिनिधिहरू अन्तिम निर्णयको पर्खाइमा रहेको थापाले बताए।
सहमतिको घोषणापछि आन्दोलनरत शिक्षकहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
सरकार र शिक्षकबीचको वार्ता सफलतापूर्वक टुंगिएसँगै शिक्षा क्षेत्र सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
प्रतिक्रिया