Logo

मनोरञ्जन

मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ गीतको म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं । मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् । साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ३५ बजे