काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाकाे बिरामी डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हाे ।
७७ वर्षीय उनी कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए ।
नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए ।
प्रतिक्रिया