Logo

समाचार

अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् ।

बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल न्यूज बैंकसँग अलग्गै कुराकानी गर्दै उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याए । उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत शासन रहेकै समस्या बढेको बताए । उनले वडा–वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

उनले भने,‘अहिले हामीले संविधान पाएको छौं । दश वर्ष भइसक्यो यसलाई समिक्षा गरेर के के परिवर्तन गर्ने हो गर्नुपर्छ । वडासम्म अधिकार विकेन्द्रीकरण गर्नुपर्छ । सबै केन्द्रीकृत अधिकार भयो भने त केन्द्रको त राजा शासन भइहाल्यो नि । त्यसैले साच्चिकै जनताको अधिकार जनतामा दिने हो भने विकेन्द्रीकरण गरेर गाउँसम्म पुर्याउन जरुरी छ । नेताहरुको दिमागमा अझैपनि केन्द्रकृत छन् । उनीहरु चाहदैनन् आफ्नो पावर दिनलाई । उनीहरु कुरा बुझ्दैनन् । बजेट पनि मध्यम वर्गलाई पनि छुने किसिमको छैन् । केन्द्रकृत शासनमा कसरी देश विकास हुन्छ ?’

त्यस्तै उनले संघ, प्रदेशमा केन्द्रले कुनैपनि किसिमको हस्पक्षेप गर्न नमिल्ने धारणा राखे । लोकतन्त्रको सफल कार्यान्वयनको ठूलो जिम्मेवारी थपिएको भन्दै दुईवटा ठूला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह् खडा हुने उनको भनाइ छ ।

उनले भने,‘हामी विकेन्द्रीकरणमा गएका छौं । हाम्रो सातवटा प्रदेश छन् । सबैको आफ्नो आफ्नो अधिकार छ । उनीहरुको आफ्नै बजेट  हुन्छ । उनीहरुको आफ्नै कार्यक्रम हुन्छ , आफ्नै संगठन हुन्छ तर हस्तक्षेप केन्द्रबाट गर्नुहुन्छ । अनि कसरी विकास हुन्छ । अर्को कुरा लोकतन्त्र त आयो यसको सफल कार्यान्वयनको पक्षमा काँधमा ठूलो जिम्मेवारी छ । दुईवटा ठूला दलले नेतृत्व गरिरहेको छन् । यसले पनि गरेन भने त प्रश्न चिन्ह आउँछ नि ।’

उनले आउने पुस्तालाई संघीय, लोकतन्त्र भनेको के भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने बताउँदै उनीहरु प्रशिक्षित भए भने भविष्यमा यसले निरन्तरता पाउने धारणा राखे ।

डा.शशांकको चियापानमा अर्थपूर्ण सहभागिता

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शंशाक कोइरालाले महाराजगंजस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा.कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

डा.शशांकको चियापानामा नेता कृष्ण सिटौंला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दिपक खड्का, एनपी साउदलगायतका नेताहरु उपस्थित भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ४० बजे