काठमाडौं । मोडल तथा अभिनेत्री एवम राप्रपाकी नेतृ खुस्बु ओलीले सरकार विरुद्ध बोलेकै भरमा जेल हाल्नु भनेको दासत्व भएको बताएकी छन् । राज्य विरुद्धको अपराध लगाउने काम स्वीकार्न नसकिने उनको जिकिर छ ।
आइतवार काठमाडौमा भएको प्रदर्शनका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको भन्दै प्रदर्शन त्यसका विरुद्ध भएको बताइन् ।
उनले भनिन्,‘सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिरहेको छ । सोच्ने, लेख्ने, हिडड्ुल गर्न निषेध गरिरहेको छ । त्यो लोकतान्त्रिक अभ्यास होइन भनेर राप्रपाले जनताले आफ्नो अधिकार आफ्नो भूमिमा चाहे अनुसार प्रयोग गर्न पाउनुपर्छ भनेर सडक रोजेको हो । लोकतन्त्रमा बोलेकै भरमा जेल हालेर राज्य विरुद्धको अपराध लाउने भनेको दासत्व मात्र हो । त्यसैले हाम्रा नेताहरुलाई छाड्नुपर्छ ।’
उनले देशमा गणतन्त्र नभई दलतन्त्र हाबी भएको भन्दै तीन शिर्ष नेताहरु देश विकासका लागि एकसाथ नहुने बताइन् ।
‘यो लडाई राप्रपाको मात्र होइन । जनताको समस्या समाधानको लागि हो । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाले भने अनुसार मात्र हुन्छ । त्यसैले यहाँ गणतन्त्र नभइ दलतन्त्र हाबी भएको छ ।’
उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भाग भण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।
प्रतिक्रिया