Logo

समाचार

२ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित चालक पक्राउ



रौतहट । सर्लाही प्रहरीले २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।

मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा.२०च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर बस्ने २५ बर्षीय पिकअप भ्यानका चालक सुशिल चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए ।

उनका अनुसार धानको भुस्साको बोरा मुनी रातो प्लाष्टिकले प्याक गरिएका ४५ पोका लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो । पक्राउ परेका चौधरीसंग लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।गाँजा लोड भएको  गाडी  प्रहरीकै नियन्त्रणमा रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : २६ बजे