Logo

मुख्य समाचार

बीरगन्जमा लगाएको कर्फ्यू अवधि थप, रात्रि बजार बन्द



रौतहट । पर्सा प्रशासनले बीरगन्जमा लगाएको कर्फ्यू अवधि थप गरेको छ । स्थानीय प्रशासनले एक सूचना जारी गरि आइतवार राती १२ बजे सम्मका लागि कर्फ्यू अवधि थप गरेको उल्लेख गरेको  छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यू मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेअनुसार कफ्र्यु अवधि थप गरेको प्रशासकिय अधिकृत दीपक पटेलले जानकारी दिए ।विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कफ्र्यु नहटाउने निर्णय गरेको उनको भनाइ छ । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने जनाएको छ ।

कर्फ्यूका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।वीरगञ्जमा हिजो भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले  जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : २५ बजे