Logo

समाचार

दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्याइयो


२९ चैत्र २०८१, शुक्रबार  

138
Shares

काठमाडौं । झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।

बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।

प्रहरी आवश्यक कागजात मिलाएर शुक्रबार नै म्याद थपका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ ।

प्रहरी भ्यानमा रहेका प्रसाईंको तस्विर र भिडियो भने मिडियाले कैद गर्न पाएनन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : १६ बजे