पोखरा । पोखराको लेकसाइडमा चिल्ली ग्रुपले १ अर्ब २५ करोड रुपैयाँको लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा ल्याएको छ। पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेलको नेतृत्वमा उक्त होटल सञ्चालनमा ल्याइएको हो।
पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिएका छन्। होटल नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरका सुविधासहित बुटिक अवधारणामा निर्माण गरिएको हो।
होटलको भित्री सजावटमा नेपाली काष्ठकला, ढुङ्गा, ढाका, थान्का, झुमर र पेन्टिङहरूको प्रयोग गरिएको छ। साथै, पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
होटल दुई वटा इन्टरकनेक्टेड ब्लकहरूमा ५५ वटा रुमका साथै स्वीमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेण्ट र अन्य सुविधासहित निर्माण गरिएको छ। साथै, यस प्रोजेक्टले हाल १५० जनालाई रोजगारी उपलब्ध गराएको छ।
‘टेम्पल बेल बुटिक होटल’ पोखरामा पर्यटन प्रवर्धनको लागि नयाँ माइलस्टोन साबित हुने अपेक्षा गरिएको छ।










प्रतिक्रिया