पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् ।
पोखरामा शुक्रबार आयोजित ‘मिडिया, कर्पोरेट क्षेत्रहरु र प्रेस काउन्सिल नेपालको भूमिका साथै पत्रकार आचारसहिता’ बिषयमा भएको छलफलमा बोल्दै उनले हामी सबै कर्पोरेट संस्कारभित्र बस्न नसकेको बन्दै हरेक क्षेत्रमा दादागिरी हुने गरेको बताएका हुन् ।
‘कर्पोरेट संस्कारभित्र हामी सबै बस्यो भने मिडिया पनि आफ्नो बाटो हिड्छ होला । यो दादागिरी भन्ने शब्द हरेक ठाउँमा छ । केही न केही ढङगले कर्मचारी, राजनीतिक नेताहरुले दादागिरी देखाउने अनि भाष्य चै यो क्षेत्र गलत नै हो भन्ने छ ।’ उक्त्त कार्यक्रम आर्थिक संस्कारको आयोजनमा भएको थियो भने प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, कास्की जिल्ला शाखाको समन्वय र पिङ्करोज बिज्ञापनको संयोजनमा उक्त्त कार्यक्रम भएको थियो ।
प्रतिक्रिया