काठमाडौं । पोखरा ९ स्थित पोखरा प्रदर्शनी स्थलमा ‘रिसाइकलिंग र अपसाइकलिंग मार्फत हरित रोजगारी सिर्जना (जी.सी.आर.यू)परियोजना’को शिलान्यास गरिएको छ ।
सोमवार नयाँबजार, प्रदर्शनी केन्द्रमा शिलान्यास समारोहमा बोल्दै पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले यो परियोजना नेपालकै नमुना हुने बताएका छन् ।
उनले यो परियोजनाले ३ हजार भन्दा बढिले रोजगारी पाउने पनि बताए ।
उनले भने,‘ भुकम्प प्रतिरोधी प्राविधिक हिसावले अत्याधुनिक बलियो भवन पनि हो । यो अनुसन्धान केन्द्र पनि हो । महानगरपालिकाका भित्रका १३६ कमिटिका ३३ वडा भित्रका छानिएका झण्डै तीन हजार भन्दा बढिलाई रोजगारी सिजैना गर्न सक्ने, तपाई हामीले घरमा प्रयोग हुदैन भन्ने सामानलाई पूर्न प्रयोग गरेर विक्रिको तयार पनि गर्ने काम यहाँ गरिन्छ । यहाँ तयारी भएका चिजलाई देश र विदेशका पाउनालाई समेत प्रस्तुत गर्ने ठाउँ निर्माण हुदैछ ।’
झण्डै २ अर्ब बजेटको यो परियोजना कोरियाली सहयोग नियोग कोईका तथा यूएनडीपीको विशेष सहयोग र पोखरा महानगरपालिकाको पहलमा अघि बढाइएको हो।
प्रतिक्रिया