Logo

प्रदेश

पर्यटन क्षेत्रले सम्भावना अनुसार लाभ लिन सकिरहेको छैन’


१६ फाल्गुन २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । आर्थिक पत्रकार समाज– नेपाल (सेजन)का अध्यक्ष सुजन ओलीले पर्यटन क्षेत्रले सम्भावना अनुसार लाभ लिन नसकेको बताएका छन् ।

शुक्रवार आर्थिक पत्रकार समाज– नेपाल (सेजन)ले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपालले पर्यटनको क्षेत्रमा जति लाभ लिनुपर्ने त्यति लाभ लिन नसकिरहेको बताए ।

उनले भने, ‘नेपालको पर्यटन विकास र सम्भावनामा विषयमा धेरै नै वहस पैरवि  हुँदै आइरहेका छन् तर सम्भावना अनुसारको लाभ लिन नसकेकोमा हामी सहमत छौ । विगत लामो समयदेखि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा दिएको योगदानलाई हेर्याै भने त्यो एउटा स्थिर बिन्दुमा देखिन्छ । विश्व बैंकले सन्  २०२२ मा सार्वजानिक गरेको अध्ययन प्रतिवेदनले नेपाल  पर्यटनमा सबैभन्दा न्युन लाभ लिने मुलुकमा लिइन्छ ।  यसमा अगाडी पर्यटन सम्बन्धि पुर्वधारको विकास वा न्युन व्यवस्थापनलाई कारण देखाइएको छ । नेपालले पर्यटनको क्षेत्रमा जति लाभ लिनुपर्ने हो त्यती लिन लाभ लिन सकिरहेको छैन तर अवस्था निरासाजनक पटकै छैन । विश्व प्रसिद्र होटलको नेपालमा लगानी बढ्दो छ ।’ यसका साथै, उनले पर्यटन विकासका  लागि बदलिदो परिवेशसँग परिचित हुन आवश्यक रहेको बताए  ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ५९ बजे