काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न संगठन आवश्यक नभएको बताएका छन् ।
शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन् ।
उनले भने, ‘हामीले हाम्रो जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्नको लागि खुल्ला छाड्ने छौं । साथै संगठनका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्नको लागि संगठन आवश्यक छ । संगठन मात्र चुनाव जित्ने, नेता उत्पादन गर्ने र त्यसपछि थन्किएर बस्नका लागि संगठन आवश्यकता छैन ।’
उनले पदमा बहाली रहेका सम्पूर्णको निगरानी गर्ने, पृष्ठपोषण गर्न, खवरदारी गर्न र त्यो कुरा सार्वजानिक गर्न जिम्मेवारी (रास्वपा) संगठनको रहेको बताए ।
यस्तै रास्वपा सांसद विराजभक्त श्रेष्ठले केही गरौ भनेर आएका युवालाई संसदमा बोल्न नदिने र बोलिरहदा माइक काट्ने गरेको बताए ।
रास्वपाले केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै वडा अधिवेशन गरिरहेको छ । शुक्रवार निर्वाचित भएका काठमाडौंका वडा सभापतिहरुलाई सपथ ग्रहण समारोह आयोजना गरेको हो ।




प्रतिक्रिया