Logo

प्रदेश

अबको राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्छ : मन्त्री  सिंह



बर्दिया । उपप्रधानमन्त्री एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले २००७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन  र जिविकोपार्जन सहज बनाउनु रहेको बताए ।

अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी  भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाई थियो ।

उनले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । यसको साथै, उनले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको र प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  २ : ०७ बजे