Logo

मुख्य समाचार

कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : पोखरेल


२ फाल्गुन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंखर पोखरेलले आवश्यक्ता अनुसारको कानुन निर्माणका लागि सुझवसहित अघि बढ्ने बताएका छन् ।

‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता ःआर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् ।

उनले भने, ‘विद्यमान कानूनले परेको अफ्ठयारो, कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो सबैलाई किटान गरेर दिनुभयो भने सुधारका लागि प्रक्रिया अघि बढाउछौ । भएको कानूनले विकासमा के समस्या पारेको छ र कस्तो प्रकारको नयाँ कानूनको आवश्यकता परेको छ त्यस विषयमा छलफल गरेर सुझाव दिने हो भने त्यसको आधारमा कानून सुधारको प्रक्रिया अगाडि बढाइने छ ।’

यसको साथै, उनले करको नीतिले समस्या गरेको भन्ने कुरा धेरै उठेको भन्दै यसबारे सरकारको तर्फबाट गर्न सक्ने विषयमा छलफल गरेर सुझाव दिन आग्रह गरेको छ ।

उनले भने, ‘करको नीतिले धेरै समस्या गरेको छ भन्ने कुरा धेरै उठेको छ । यसमा सरकारको तर्फबाट प्रोत्साहन के हुनसक्छ भन्ने विषयमा छलफल गरेर कतिसम्म उदारता अपनाउन सकिन्छ र प्रोत्साहनको लागि के गर्न सकिन्छ दुईवटा विषयमा ध्यान दिनुपर्यो ।’

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ प्रविधिको विकासबाट क्षेत्रलाई अझ सुधार गर्न सकिने भन्दै त्यसको लागि पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाएको बताए ।

उनले भने, ‘नयाँ प्रविधिको विकासबाट यो क्षेत्रलाई अझ सुधार गर्न सकिने कुरामा पनि पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाएका छौ । प्रविधिलाई आत्मसाथ गर्न सकेनौ भने आजको उद्योगको पनि विकास सम्भव छैन् । पछिल्लो समय अहिलेको कानून सुधारमा सबैभन्दा बढि उद्योग मन्त्रालयसँग सम्बन्ध कानून निर्माण भएका छन् । सेवा प्रवाह, लगानीको रुपमा र प्रविधिको विकासको कुरा सरकारले प्राथमिकतामा राखेको छ ।’

आजका नविनतम र रचनात्मक समथ्र्यमा लगानी गर्न हिचकिचाउने अवस्था अझै पनि रहेको भन्दै सरकारले विभिन्न फोरम र नीतिमा यस्ता क्षेत्रलाई समावेश गराउनु पर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ४२ बजे