Logo

राजनीति

संसदको पहिलो बैठकमा रास्वपाले उभिएर बैठकको मर्यादा भंग गर्यो : प्रमुख सचेतक बर्तौला



काठमाडौं ।  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन् । बुधबार सभामुखसँगको  छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसदमा पेश हुने बताएका हुन् ।

उनले  भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेश हुनेछ । विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो । सुन्ने र  विशेष समय लगायत केही विषय हुन्छन् । सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही  विषयहरुमा छलफल राख्ने  हाम्रो तयारी छ । केही महत्वपूर्ण विषयहरु र प्रतिवेदनहरु माथि छलफल हुनेछ ।  विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौं ।’

साथै, उनले शुक्रबार बसेको संसदको बैठकमा रास्वपाले मर्यादा भंग गरेको  बताए । उनले यसरी मर्यादा भंग हुँदा नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको बताए । 

उनले  भने, ‘विशेष गरी अस्तिको  पहिलो बैठकमा हाम्रो के  प्रचलन छ भने कतिपय  कुराहरु संसदभित्र गर्दैगर्दाखेरी कार्यव्यवस्थामा छलफल गर्ने र  कार्य व्यवस्थामा छलफल हुन सकिएन भने सम्माननिय सभामुख ज्युलाई बैठक पूर्व नै कतिपय विषयवस्तुहरुका बारेमा जानकारी दिने हाम्रो संसदीय अभ्यास र परम्परा हो । तर पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी उहाँहरुले संसदको  बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको  कुरा र  सभामुखले पटक पटक रुलिङ गर्दा पनि त्यसलाई  अस्विकार गर्ने, सभामुखको आदेशलाई  नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौं त्यसले नेपालको संसदको काम प्रक्रियाको  बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको छ ।’

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ११ बजे