काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन् ।
यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् ।
नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।
प्रतिक्रिया