Logo

राजनीति

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरुको कार्यविभाजनको काम बाँकी रहेकाले मंगलबार पनि बैठक बस्ने भएको हो ।

आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने छ ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेकोे छैन् ।

उनले बैठक अगामि निर्वाचनहरुमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको पनि बताए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ८ : ०६ बजे