Logo

अर्थ

सुनको मूल्य स्थिर


९ कार्तिक २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोवार भइरहेको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ५४ बजे