Logo

बागमती प्रदेश

 ललितपुर महानगरले सरसफाई अभियान चलाउने

काठमाडौं । ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाई गर्ने भएको छ ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले शहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरु समेतको सहकार्यमा सरसफाई गर्न लागेको जानकारी दिएका छन् ।

उनले भने, ‘असोज ११ र १२ को बाढीले जति पनि सामान बगाएर ल्यायो छ त्यो छरिएर बसेको छ । जसले गर्दा लाज लाग्ने भएको छ । यति समय भइसक्दा पनि त्यो ठाँउमा कसैले सफाइ अभियान चलाएको छैन् । सबैलाई सफाई अभियानमा भाग लिएर ललितपुर महानगरपालिकालाई हिजोकै अवस्थामा लान अनुरोध गर्दछु ।’

यसको साथै, उनले विपद्बाट सिकेर अब पर्नसक्ने जोखिमको तयार हुनुपर्ने भन्दै सबैजना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ४० बजे