Logo

Breaking News 1

साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानलाई हरायाे


१ कार्तिक २०८१, बिहिबार  

115
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेकाे छ । आज दशरथ रंगशालामा भएकाे खेलमा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो ।

खेलको सुरुवातदेखि नै पाकिस्तानी रक्षापंक्तिमाथि दबाब बनाएको भारतले पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । भारतकी ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै प्रतियोगिताको सबैभन्दा सफल टिमलाई अग्रतामा राखेकी हुन् ।

पहिलो गोल गरेको १२ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । १७औँ मिनेटमा पाकिस्तानी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै मनिषाले भारतको अग्रता दोब्बर बनाइन् । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ७ : ५० बजे