Logo

मुख्य समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति, यी हुन् एजेन्डा


११ आश्विन २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठक असोज १३ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि ६ वटा एजेन्डा तय भएको छ ।

समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा गर्ने एजेन्डा छ । त्यस्तै स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुने झाले जानकारी दिए ।

आज दिउँसो २ः३० का लागि तय भएको पत्रकार सम्मेलन पनि आइतबार सोही समयमा गरिने रास्वपाले जनाएको छ । चीन भ्रमण छोट्याएर आएका नेताहरुले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ३५ बजे