Logo

राजनीति

कांग्रेस बैठक चार दिन सारियो



काठमाडौं । नेपाली कांग्रेसले भोलिका लागि बोलाएको केन्द्रीय समितिको बैठक चार दिन पर सारेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै भदौ १६ गते दिउँसोसम्म बैठक स्थगित गरिएको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८१ भाद्र १२ गते बुधबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८१ भाद्र १६ गते आइतबार दिउँसो २ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।”

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ०० बजे