काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ । समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ ।
दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दै छ । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन् ।
प्रतिक्रिया