Logo

मुख्य समाचार

खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै : मन्त्री भण्डारी



काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐनमा भएका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै खाद्य वस्तुहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने, सुपथ मूल्यलाई व्यवस्थित गर्नुपर्ने पनि औंल्याए ।

उनले भने,‘सार्वजनिक खरिद ऐनमा अवरोध छ । विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्नेछ ।’

उनले एउटा कुनै अमुख चीजलाई देखाइदिएर आफूले उन्मुक्ति पाउने कुरा स्वभाविक नहुने भएकाले सबैको निगरानी गरिने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : १९ बजे