Logo

राजनीति

‘नेपालमा दक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव पर्न थाल्यो, सचेत हुनुपर्छ’



काठमाडौं । नेपाली कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालालेदक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव नेपालमा समेत परेको उल्लेख गरे । उनले मुलुक नसोचिएको संकटतर्फ जानेहोकि भनेर सचेत हुनुपर्ने बेलाआएको बताएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै डा.कोइरालाले राष्ट्रियता र लोकतन्त्रकमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र नभई अन्तर्राष्ट्रिय शक्ति केन्द्र समेत रजाईं गर्न पछि नपर्ने हुँदाकांग्रेस यसमा गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘दक्षिण एशियाको राजनीतिक द्धन्द्धले नेपाल र नेपालीको मनोभावमाथि प्रभाव परेको म बुझ्दछु । यसमा केन्द्रिय कार्यसमिति गम्भीर हुनुपर्छ । मुलुक नसोचिएको संकटतर्फ जाने हो की भन्ने चिन्ता सवै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र होइन अन्तराष्ट्रिय शक्ति केन्द्रले पनि हामी माथि रजाईं गर्न पछि पर्दैनन् ।’

नेता र राजनीतिप्रती जनताको बितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै कोइरालाले राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट रहेको बताए ।

त्यस्तै, नेता कोइरालाले वर्तमान गठवन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गर्दैसरकारले संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिनुपर्ने बताए ।
वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेको भएपनि व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काईरहेको उनको धारणा थियो ।

‘वर्तमान गठबन्धनको प्रमुखकार्यभार संविधान संशोधनको प्रकिया अगाडी बढाउँने हो । निसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूचि बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधानआम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडी बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपालीभावना जोडिनुपर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूचिबनाउँदा नेपालीकांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिवद्धताहरुलाई विर्सन मिल्दैन । दुई ठुला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिकआग्रह र पूर्वाग्रहमाअल्झेर होइन सोझै जनताप्रती उत्तरदायी हुनसक्दामात्र अहिले देखिएका अनेकन् लोकतन्त्रविरोधीशक्तिलाई परास्त गर्न सकिन्छ,’ उनको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : ३७ बजे