Logo

खेलकुद

फुटबल हस्ती पेले अस्पताल भर्ना



काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले फेरी अस्पताल भर्ना भएका छन् ।

गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनमै डिस्चार्ज हुने बताइएको छ ।

८१ वर्षिय पेलेको स्वास्थ्यमा पछिल्ला वर्षहरुमा लगातार समस्या देखिदै आएको छ । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो भने सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना हुनुपरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ५ : २० बजे