Logo

विश्व

एक कारागारमा भीषण आगलागी, ३८ कैदीको मृत्यु



काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताएका छन् । 

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई जाकारी दिएका छन् । केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गरे । 

स्थानीय समय अनुसार मंगलबार बिहान ४ः०० बजे सुरू भएको आगलागीको कारण विद्यूत चुहावटका भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : ०८ बजे