Logo

राजनीति

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालले आज दिउँसो ३ बजे बानेश्वरमा बस्ने गरी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन् । विश्वासको मतबारे निर्णय गर्न बैठक बस्न लागेको जनाइएको छ ।

एकीकृत समाजवादीका अध्यक्षसहितका नेताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : ५६ बजे