Logo

Breaking News 1

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ ।

सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : ४४ बजे