Logo

समाचार

‘एमसीसी र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग सहमतिमा तय हुन्छ’: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी र प्रधानन्यायाधीविरुद्वको महाअभियोग सहमतिका आधारमा मात्रै तय हुने बताएका छन् ।

माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई चितवनमा  सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुनै पनि कुरा एकल जबरजस्तीमा नहुने बताए ।

अध्यक्ष प्रचण्डले अमेरिकामा एमसीसीको बैठक र नेपालमा संसद बैठक एकैदिन पर्नु संयोग मात्रै भएको जिकीर गरेका छन् ।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन कहिलै नटुट्ने भन्दै उनले गठबन्धनप्रति ढुक्क हुन आग्रह गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४३ बजे