Logo

समाचार

प्रदेश १ कांग्रेस अधिवेशन: उम्मेदवारकै नाम छुटेपछि मतदान अनिश्चित



काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन अन्तर्गत शनिबार बिहान ८ बजे मतदान गर्ने भनिएको मतदान अहिलेसम्म सुरु हुन सकेको छैन ।

मतपत्रमा उम्मेदवारकै नाम छुटेपछि विवाद हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । विहानै मतपत्रमा त्रुटि देखिएपछि दिउँसो १ बजेसम्मका लागि मतदान स्थगित गरिएको थियो । तर, १ बजेपनि मतदान सुरु हुन सकेको छैन । 

मतपत्रमा प्रदेश सदस्यका उम्मेदवार शान्तिकला राई, जीवन नपाली र श्याम खडकीको नाम छुटेपछि विवाद सुरु भएको हो । मतदान कुन बेला सुरु हुने भन्ने अनिश्चित बनेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ४७ बजे