काठमाडौं । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान भइरहेको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको हो ।
सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र प्रतिस्पर्धामा छन् । बलायरलाई संस्थापन पक्षको समर्थन रहेको छ भने मिश्रलाई पौडेल पक्षले समर्थन गरेको छ ।
दुवै जना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् ।
मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया