Logo

मुख्य समाचार

‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, विरोध र आलोचना गर्न छुट छ’: प्रवक्ता शर्मा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसभित्र नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताएका छन् ।

ललितपुरमा बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कसैलाई निषेध नगर्ने बताएका हुन् ।

नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताए ।

‘हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध गर्न पाइन्छ। आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ । हामी लोकतन्त्रको राम्रो अभ्यास गर्छौं’, उनले भने ।

महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मत्रपत्र हुने र सो मतपत्रमा आफ्नो मत दिन एक जनालाई करिब १ घण्टा लाग्ने समेत प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : ५५ बजे