Logo

खेलकुद

क्यानले मुख्य प्रशिक्षकको टुङ्गो केहि दिनमै लगाउने , लियो ५ जनाको अन्तरवार्ता



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अहिले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्तीको प्रक्रियामा जुटिरहेको छ ।

सोहि प्रक्रिया अन्तर्गत क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये ५ जनाको अन्तरवार्ता लिएको छ ।

क्यानले बिहीबार सामाजिक संजालमार्फत ५ जना प्रशिक्षकको अन्तरवार्ता लिएको जनाएको छ ।

मुख्य प्रशिक्षक छनौटका लागि क्यानद्वारा गठित समितिले पहिलो चरणमा १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो । तर, पछि छनौट समितिले सर्ट लिस्टमार्फत ५ जना प्रशिक्षकको नाम पेश गरेको थियो ।

प्रस्तावित ५ चै जना प्रशिक्षकको अनलाईन मार्फत अन्तर्वार्ता लिईएको बताइएको छ ।

अब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वयमा क्यानले मुख्य प्रशिक्षकको केहि दिनमै लगाउने जनाएको छ ।

क्यानले कार्यवाहक सचिव मल्लको संयोजकत्व रहने गरि ५ पाँच सदस्सीय समिति गठन गरेको थियो ।

समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहेका छन् ।

मुख्य प्रशिक्षक पदका लागि गत कार्तिक १ गते क्यानले गरेको दरखास्त आह्वानमा ६० जनाको आवेदन दिएका थिए ।

पूर्व प्रशिक्षक डेभ ह्वाट्मोरले भदौ ११ गते पदबाट राजिनामा दिएपछि अहिले राष्ट्रिय टोलि प्रशिक्षक विहिन रहँदै आएको छ ।

गत भदौमा ओमानमा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान,अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृंखला लगतै ह्वाट्मोरले राष्ट्रिय टोलिको प्रशिक्षकको जिम्मेवारी त्यागेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : ५० बजे