Logo

मुख्य समाचार

आज कांग्रेस महाधिवेशनको लोगो सार्वजनिक गरिदै



काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताएका छन् । हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताएका हुन् ।

ललितपुरमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले भने, ुहाम्रो महाधिवेशनमा नेतृत्वको विरोध गर्न पाइन्छ। आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ । हामी लोकतन्त्रको राम्रो अभ्यास गर्छौं।ु

त्यस्तै उनले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान केन्द्रको व्यवस्था गरिने बताए । मतदानका लागि २९ वटा मत्रपत्र हुने र एक जनाका लागि भोट हाल्न करिब १ घण्टा लाग्ने प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे प्रदेश अधिवेशन एकैसाथ उद्घाटन गरेपछि देउवाले लोगो सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : ३० बजे