Logo

मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो सुन बरामद



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो सुन बरामत भएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउनेहरुले ल्याएको बाला आकारमा काँचो सुन बरामद गरेको हो ।

भन्सार कार्यालयले काँचो सुन ल्याउन निषेध गरेको छ । भन्सार कार्यालयले त्यसता ल्याइएका सुन संकलन गर्दै राजस्त असुल गर्दै आएको छ ।

विदेशबाट फर्किएका  ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् ।

बुधवार मात्रै ४ सय १० जनाले आफुले ल्याएको बाला भन्सार तिरेर लगेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : ०३ बजे