Logo

मुख्य समाचार

प्रदेश सभापति छान्न कांग्रेस पौडेल पक्ष छलफलमा



काठमाडौं । प्रदेश सभापति चयनका लागि भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा जुटेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरेको छ ।

आफ्नो पक्षबाट प्रदेश सभापतिमा उम्मेदवार बनाउनेहरुको नाम सर्वसम्मत गर्न अहिले पौडेलसहित कांग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत लगायतका छलफलमा बसेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ५० बजे