Logo

Breaking News 1

मधेश प्रदेश : सरकार गठनका लागि दिइएको समय आज सकिँदै


२५ जेष्ठ २०८१, शुक्रबार  

23
Shares

काठमाडाैं । मधेश प्रदेशमा नयाँ सरकारका लागि ६ दलिय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गर्ने भएका छन् । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । 

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेको हो ।

मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बसेको ६ वटै दलको बैठकले आज बिहान ७ बजे सरकारको दावी पेश गरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ६ : २७ बजे