Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक १ः१५ बजे सुरु हुनेछ । बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । आजकै बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, प्रतिनिधिसभामा सभामुखले प्रस्तुत गर्ने तीन जना पूर्व संविधान सभा सदस्य सूर्यमान गुरूङ, प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रराज रेग्मीको राष्ट्रिय सभामा पनि सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ५० बजे