Logo

मुख्य समाचार

निर्वाचन हारेपनि भीम रावल केन्द्रीय कमिटीमा नबस्ने



काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका भीम रावलले निर्वाचन हारेपनि  केन्द्रीय कमिटीमा नबस्ने बताएका छन् ।

रावलले आफू मत परिणाम स्वीकार्ने तर केन्द्रीय कमिटीमा नबस्ने बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो।

त्यसको उनले विरोध गरेका थिए । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ४८ बजे