काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन् । निर्वाचनमा बानियाँको प्यानलनै विजयी भएको हो ।
प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका हुन्। बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन् ।
बानियाँलाई प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको समर्थन रहेको थियो ।
यस्तै, उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन् । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका हुन् ।
प्रतिक्रिया