Logo

राजनीति

कांग्रेसले उत्ताउलोपन र असभ्य व्यवहार देखायो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

शुक्रवार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् ।

आफू बसेको ठाउँमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए ।

उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो ।

कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका थिए । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरू पनि धकेलाकेलमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ४ : ०७ बजे